फाल्गुनन्द मार्ग उपभोक्ता समितिको साधारण सभा स्थगन



१० बैशाख, दमक।
दमक चिसोपानी रबि सडक फाल्गुनन्द मार्ग उपभोक्ता समितिको साधारण सभामा गणपुरक संख्या नपुगेपछि स्थगन भएको छ ।
आज दमक १२ स्थित नेपाल रेडक्रस सोसाइटी दमकको हलमा भएको साधारण सभामा ३ सय ७ जना मात्र सहभागी भएपछि गणपुरक संख्या नपुगेकोले स्थगन भएको हो । समितिको कुल १ हजार ३१ जना सदस्य रहे पनि सदस्यहरुको कम उपस्थिति रहेकाले एक साताभित्र पुनः साधारण सभा गर्ने निर्णय भएको सचिव प्रकाश बुढाथोकीले बताए। समितिको बिधानले ब्यवस्था गरेको प्रावधानमा साधारण सभामा जम्मा सदस्यहरुमध्ये ५० प्रतिशत सदस्यहरुको उपस्थित गणपुरक संख्या मानिन्छ ।
समितिका अध्यक्ष सुरेश सुब्बाको अध्यक्षतामा भएको उद्धघाटन सत्रको कार्यक्रम भएको थियो । कार्यक्रममा एक दर्जन राजनीतिक दलहरुका दमक नगरका प्रमुख र प्रतिनिधिहरुले भाषण गरेका थिए ।





Comments