उत्पिडित समाज दमकको नयाँ समिति




४ बैशाख, दमक।
नेपाल उत्पीडित जातीय मुक्ति समाज दमकको तेस्रो अधिवेशनले होम बहादुर बिश्वकर्मालाई अध्यक्ष चयन गरेको छ ।
दमक १५ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आज भएको अधिवेशनले उपाध्यक्षमा उमेश नेपाली, सचिवमा काजीमान गजमेर, उपसचिवमा भरत ठटाल र कोषध्यक्षमा गोपाल गजमेरलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै सदस्यहरुमा सुनिल दियाली, चुडादेवी दास, सुरबीर बराइली, गोरे बहादुर सुनाम, चित्रबहादुर बिश्वकर्मा, कृष्ण बहादुर लाम्गादे, पदम दर्नाल, कर्णबहादुर गदाल, झपड बहादुर बिश्वकर्मा, जित बहादुर रसाइली, पवित्रा गजमेर र दुर्गा सिलवाल रहेका छन् ।



यसअघि भएको कार्यक्रमका प्रमुख अतिथि एमाले राष्ट्रिय प्रतिनिधि परिषदका पूर्व सदस्य सोम पोर्तेलले समाजमा रहेको बिभेद हटाउन सबै लागेमात्र सभ्य समाज निर्माण हुने बताएका थिए।
मुक्ति समाज दमक नगर कमिटीको तेस्रो अधिवेशनमा बोल्दै नेता पोर्तेलले समाजमा भएका कुसंस्कार सबै मिलेर हटाउनु पर्ने बताए। समाजका जिल्ला अध्यक्ष भोला परियारले बिभेदको अन्त गर्न सरोकारवाला सबैको चासो हुनुपर्ने बताएका थिए।
समाजका नगर अध्यक्ष अमृत बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव हर्कमाया बिश्वकर्मा, एमाले दमक नगर अध्यक्ष अम्विका खनाल, अखिल नेपाल महिला संघ दमक अध्यक्ष यमुना पोखरेल लगायतले छुवाछुतको समस्या सबैको समस्या भएको हुँदा सबै पक्ष मिलेर यसको अन्त्य गर्न पर्नेमा जोड दिएका थिए।


Comments