अपहरणको धम्की दिँदै फिरौती रकम माग्ने भारतीय नागरिक पक्राउ




२८ चैत, विर्तामोड।
लामो समयदेखि विभिन्न व्यक्तिहरूलाई अपहरणको धम्की दिँदै फिरौती रकम माग गर्ने एक भारतीय नागरिकलाई प्रहरीले झापाको विर्तामोडबाट पक्राउ गरेको छ।
बिगत ५/६ महिना अगाडिदेखि नेपाल टेलिकम, एनसेल र भारतीय कम्पनीका समेत गरी विभिन्न मोबाइल नम्बरबाट फोन गरी धाक धम्की दिई फिरौती रकम माग गर्ने भारतीय नागरिक उदाङ भन्ने भाबि सिंह राजबंशीलाई विर्तामोड प्रहरीले आज पक्राउ गरेको हो ।




पक्राउ परेका राजवंशीको साथबाट प्रहरीले ४ थान नेपाली सिम र एक थान भारतीय सिमसहित तीन थान मोबायल सेट बरामद गरेको छ।
राजबंशी बिगतमा लागु औषध मुद्दामा २ बर्ष कैद समेत भुक्तान गरी ५ महिना अगाडि थुनामुक्त भएका थिए । थुनामुक्त भएलगत्तै आर्थिक लाभ गर्ने उद्देश्यले उनले बिभिन्न व्यक्तिहरूलाई धाक धम्की दिँदै रकम माग्ने गरेको खुल्न आएकोले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

Comments