संविधान बनाए कोइराला निरन्तर





११ बैशाख, दमक।
नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले मुलुकको नयाँ संविधान निर्माण चाँडो घोषण गरे प्रधानमन्त्री सुशील कोइरालाको मन्त्री मण्डलको समय लम्व्याउन दिने बताएका छन्।
दमकमा प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराईले जनतालाई जसरी भए पनि छिटो संविधान दिए एमालेले नेपाली कांग्रेसको महाधिवेशन पछाडीसम्म कोइरालालाई प्रधानमन्त्री चलाउन दिने बताए।
प्रधानमन्त्री रहिरहेर महाधिवेशनमा सभापति पद पुनः हत्याउने दाउमा लागेका कोइरालालाई संविधान जारी गरेर महाधिवेशनमा गए उनको पक्षमा सबै कार्यकर्ता रहने नेता भट्टराईको सुझाव छ ।




पत्रकारको जिज्ञासामा भट्टराईले देश संघीयता जाँदा झापा, मोरङ र सुनसरीलाई पहाडसँग मिसाउने एमालेको बटम लाइन भएको बताए। अहिलेका तीन जिल्लालाई पहाडसँग मिसाउने कि मधेसमा भनेर जनमत संग्रह गरे पनि पहाडकै पक्षमा मत आउने नेता भट्टराईले दावी गरे।
केन्द्रीय प्रचार बिभाग प्रमुखसमेत रहेका नेता भट्टराईले एमाले मधेस एक प्रदेश, जातीय राज्यको बिरुद्धमा जहिल्यै कडा रुपमा उभिने बताए। फरक प्रसङ्गमा भट्टराईले एमाले संयुक्त परिवार सहितको पार्टी भएकोले खाना बितरण गर्दा भान्सेले भेदभाव गर्न नहुने बताए। भान्सेबाट भेदभाव हुँदा बैठकमा नोट अफ डिसेन्ट लेखेको बताउँदै नेता भट्टराईले एमाले पार्टीमा यो बैधानिक ब्यवस्था रहेको बताए।
कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्री सदस्य तथा सभासद रविन कोइरालाले संविधान सभा भित्रबाटै संविधान निर्माण गर्न दवाव दिइरहेको बताए।
आजै बिहान केन्द्रीय सचिव भट्टराई, केन्द्रीय सदस्य भाष्कर काफ्ले, बैकल्पिक केन्द्रीय सदस्य रविन कोइरालाले सवारी दुर्घटनामा निधन भएका लखनपुर १ निवासी अनेरास्वियुका पूर्व केन्द्रीय सदस्य धनप्रसाद तिवारीको घरमा पुगेर समवेदना दिएका थिए।




Comments