ससुराली आएका युवक झुण्डिएको अवस्थामा भेटिए




१० बैशाख, पथरी।
मोरङको पथरीमा झुण्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ।
तेह्रथुमको मोराहाङ २ घर भई पथरी ८ स्थित ससुराली घरमा पाहुना आएका ३२ बर्षिय श्याम खापुङको शव झुण्डिएको अवस्थामा फेला परेको हो।
उनको शव ससुराली घरदेखि करिब १ किमि उत्तरमा आँपको रुखमा नाइलनको डोरीमा पासो लागेको अवस्थामा आज फेला परेको हो। घटनास्थलमा प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमर्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे पठाइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।




Comments