रहेनन् धनप्रसाद




३० चैत, दमक।
सडक दुर्घटनाका कारण(झापाको दमकमा अनेरास्वबियुका पूर्ब केन्द्रीय सदस्य धन धनप्रसाद तिवारीको दुर्घटनामा परी ज्यान गएको छ ।
तिवारी चढेको मे ३ प २५५१ नम्बरको पल्सर मोटरसाइकललाई साँझ साढे ७ बजे पूर्वपश्चिम राजमार्गको दमक -१६ ताराबारीमा ट्याक्टरले ठक्कर दिएको थियो । तिवारीको घटनास्थलमै ज्यान गएको थियो । ठक्कर दिने ट्याक्टरको खोजी भइरहेको दमक प्रहरीले बताएको छ ।

लखनपुर -१ निबासी तिवारी लखनपुरको मंगलमय उच्च माबि ब्यबस्थापन समितिका अध्यक्ष समेत थिए । उनी राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनका श्रीमती र दुई छोरी छन् ।




Comments