मनकारी सासु सिक्रटी



९ बैशाख, दमक।
नयाँ शैक्षिक सत्र शुरु भएलगतै यहाँका सामुदायिक बिद्यालयहरुले अहिले घरदैलो अभियान कार्यक्रमलाई तीव्रता दिएका छन् । सो अभियानअन्तर्गत झापाको दमक-९ मा रहेको बिद्योदय निम्न माध्यमिक विद्यालयमा एक सासुले आफ्नी बुहारीलाई विद्यालयमा भर्ना गरिदिएर उदाहरणीय आमाका रुपमा प्रस्तुत भएकी छिन्। उनले बुहारीलाई नजिकको विद्यालयमा भर्ना गरिदिएकी हुन् ।
दमक ९ निवासी सिक्रटी लिम्बुले आफ्नै बुहारी प्रेमकुमारीलाई कक्षा-८ मा भर्ना गरिदिएको विद्यालयका शिक्षक नरपति पाण्डेले जानकारी दिए। विद्यालय भर्ना अभियान जारी रहेको र विद्यालय क्षेत्रभरि अभियानलाई तीव्रता दिइने पाण्डेले बताए।




Comments