हत्या गरेर फालिएको अवस्थामा बालकको शव फेला



४ बैशाख, इलाम।
इलामको चमैतामा हत्या गरेर फालेको अवस्थामा एक बालकको शव फेला परेको छ ।
जिल्लाको उत्तरी गाविस चमैताको वडा नम्बर– ६ स्थित देउमाई खोपिखर्क भन्ने स्थानमा हत्या गरेर फालेको अवस्थामा स्थानीय दस बर्षिय बालक विशाल राईको शव भेटिएको हो ।
टाउको र शरीरका बिभिन्न स्थानमा चोटपटक लागेको अवस्थामा भेटिएको शव हेर्दा बालकलाई कसैले हत्या गरेर फालेको हुनसक्ने इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए।


छोरा मृत भेटिएपछि बालकका बाबुआमा अझै अचेत अवस्थामा छन् भने गाउँले त्रसित भएका छन् ।


Comments