प्रवासी युवाले गाउँ सम्झँदा बन्यो म्युजिक भिडियो (भिडियोसहित)



२० चैत, काठमाडौं।
बिदेशिनु रहर हैन, बाध्यता हो । अधिकांश नेपालीहरु आफ्नो श्रम बेच्न बिदेशिएको उदाहरण हामीमाझ प्रशस्त छन् । तर जो जहाँ गएपनि आखिर यो मन त नेपाली नै हो ।
श्रमबजारमा सीप बेच्न संसारभर पुगेका नेपालीहरुलाई समेटेर झापाबाट स्पेनको बार्सिलोना पुगेका तुलसी शिवाकोटीले 'कस्तो भयो होला हाम्रो गाउँ ठाउँ' बोलको म्यूजिक भिडियो बनाएका छन् । उनको म्यूजिक भिडियोमा संसारभर रहेका नेपालीहरु समेटिएका छन् । २३ देशबाट प्राप्त भएका भिडियो क्लिपलाई मिक्सिङ गरेर बनाइएको उक्त म्यूजिक भिडियो स्पेनमा रहेको इनास म्यूजिक ब्यान्डमा आवद्ध यूवाहरुले हालै मात्र सार्वजनिक गरेका हुन् ।




यो भिडियोले अहिले युट्युवमा राम्रो चर्चा बटुलिरहेको छ । अध्ययन र रोजागारीका सिलसिलामा स्पेन पुगेका नेपाली युवाको यो कन्सेप्टको गीत सार्वजनिक भएलगत्तै देश विदेशमा रहेका नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । सुमन वैरागीको शव्द र निरज श्रेष्ठको संगीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन सञ्जय विक्रम शाहले गरेका हुन् भने सिनेमेटोग्राफर वंशल अधिकारी रहेका छन् ।
२४ देशका म्युजिक भिडियो क्लिप्स समेट्न एकवर्ष लागे पनि गीतको म्युजिक भिडियो बनाउन खासै ठूलो रकम नलागेको शिवाकोटीले बताए ।








Comments