भूकम्पका कारण पूर्वमा ५१ जनाको मृत्यु



१४ बैशाख, विराटनगर।
शनिबार र आइतबार आएको भूकम्पमा परी पूर्वमा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । भूकम्पमा परी हालसम्म २०५ जना घाइते भएका छन् ।
शनिबार आएको भूकम्पबाट सगरमाथा आधार शिविरमा हिमपहिरोमा परी मृत्यु भएका थप एक नेपालीको शव आज फेला परेको हो। योसँगै हिमपहिरोमा परी मर्नेको संख्या १८ पुगेको छ । भूकम्पबाट पूर्वको सोलुखुम्बुमा २२, ओखलढुङामा १७, सुनसरीमा ७, भोजपुरमा २, मोरङमा २ र ताप्लेजुङमा १ जनाको मृत्यु भएको पुष्टि भइसकेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।



कार्यालयका अनुसार जिल्लाहरुमा भूकम्पबाट घाइते हुनेको संख्या २०५ पुगेको छ। जसमध्ये १२० पुरुष र ८५ महिला रहेका छन्। उनीहरुको पूर्वका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको पूक्षेप्र कार्यालयले जानकारी दिएको छ।
भूकम्प प्रभावित स्थानहरुमा सदरमुकाम तथा स्थानीय प्रहरी इकाईहरुबाट नेपाल प्रहरी सहितको टोलीद्वारा उद्दार कार्य भइरहेको जनाइएको छ।



Comments