च्याउ खाँदा एकै परिवारका ९ विरामी


६ वैशाख, उर्लाबारी।
च्याउ खाँदा आज मोरङको मधुमल्लामा एकै परिवारका नौजना बिरामी परेका छन् ।
खेतबारीमा उम्रेको गोब्रे च्याउ खाँदा मधुमल्ला–६ कसेनीका ४२ वर्षीय लक्ष्मीकुमार श्रेष्ठ, २५ वर्षीया मुना श्रेष्ठ, १९ वर्षीय दीलिप श्रेष्ठ, १८ वर्षीया अनिता श्रेष्ठ, २१ वर्षीय निराजन श्रेष्ठ, दुई वर्षीया सुप्रिमा श्रेष्ठ, ३५ वर्षीय हेमु श्रेष्ठ, ६६ वर्षीय दीलबहादुर श्रेष्ठ र ६७ वर्षीया निर्मला श्रेष्ठ बिरामी परेका हुन् ।




छिमेकी चित्रबहादुर पोखरेलको बारीमा उम्रेको गोब्रे च्याउ मासुसँग पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले बताए ।
उनीहरुको खतरामुक्त अवस्थामा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रनि भण्डारीले जानकारी दिए।


Comments