युवाहरु सामाजिक काममा, घाइते सार्कीलाई सहयोग जुट्दै




तेजन खड्का
२ बैशाख, उर्लाबारी।
मोरङ उर्लाबारी-४ का ४१ बर्षिय सर्वजित सार्कीको उपचारमा सहयोग जुट्न थालेको छ । पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिएर घाइते बनी थलिएका सार्कीको उपचारमा सहयोग जुट्न थालेको हो । आर्थिक समस्या परेपछि स्थानीय युवाले सहयोग संकलन अभियान थालेका छन् ।
सार्कीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय सुमन कार्कीको अगुवाईमा घरलौरी कार्यक्रम गरिएको थियो ।




उर्लाबारीका बिभिन्न व्यवसायी तथा संघसंस्थासँग सहयोगको याचना गरिएपछि उपचारका लागि सहयोग रकम जुट्दै गरेको कार्कीले बताए। उनका अनुसार स्थानीय व्यापारीहरुबाट १५ हजार ७ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । यसका साथै युवा समाजसेवी किशोर पालुङ्गाले ५ हजार रूपैयाँ बराबरको औषधी उपलब्ध गराएका छन्। संकलित रकम युवाहरुले सार्की परिवारलाई हस्तान्तरण गरेका छन् ।
सार्कीलाई उपचारमा टेवा पुर्‍याउने अभियानमा पूर्ण सिंगक लिम्बु, जीवन चिमरिया, अजय लिम्बु, मनिष बस्नेत, नविन थापा, नितम चौहान, मन्दिप लावती, रविन न्यौपाने, मिलन श्रेष्ठ लगायतका युवाहरु सक्रिय रुपमा लागिपरेका छन् ।


Comments