डाँफेका ५ जनाको उद्धार




१६ बैशाख, दमक।
भ्रमणमा गएका बेला भूकम्पका कारण पहिरो खसेर थुनिएका दमकस्थित डाँफे सहकारीका ५ जनालाई उपचारका लागि काठमाण्डौं लगिएको छ।
पहिरो झर्दा ढुंगाले लागेर घाइते भएका टिका नेपाल, कमला कार्की, आशा घिमिरे र अन्य दुई बालबालिकालाई हिजो सेनाको हेलिकोप्टरले उद्धार गरी काठमाण्डौं लगेको सहकारीका व्यवस्थापक चुडामणि ओझाले जानकारी दिएको खवर आजको पूर्वसन्देश दैनिकमा छापिएको छ।
भ्रमणमा गएका अरू सवै सरकारले बनाएको बेस क्याम्पमा बसिरहेको बताइएको छ । दमकबाट खाद्य सामग्री र पानी लिएर सोमबार नै एक टोली त्यसतर्फ गइसकेको पनि समाचारमा उल्लेख छ।


Comments