लिम्बुवानका कार्यकर्ताद्वारा पार्टी परित्याग




६ बैशाख, लखनपुर।
संघीय लिम्बुवान पार्टी नेपाल लखनपुर गाउँ कमिटीका सम्पूर्ण पदाधिकारीहरुसहित १६३ जना कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
लखनपुर गाउँ कमिटीका अध्यक्ष धनकुमार राईसहित गाउ कमिटिका सम्पूर्ण पदाधिकारीहरु र अन्य १३८ जना कार्यकर्ताहरुले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी संघीय लिम्बुवान पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । नेतृत्व तह पार्टीको विधि र विधान विपरित चल्ने गरेको र आफु अनुकुल अभिव्यक्ति दिने र आफु अनुकुलका कार्यहरु गर्ने कार्य पार्टीमा हावी भएको र त्यस्तो गलत कार्य नगर्न बारम्वार अनुरोध गर्दासमेत जिम्बेवार तहमा रहेका नेताहरुले सुनुवाई नगरेकाले कार्यकर्ताहरुको भावना ठेस पुग्न गएको समेत सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।


पार्टी परित्याग गर्नेहरुमा गाउँ कमिटी लखनपुरका उपाध्यक्ष अतिन राजबंशी, सचिब दुर्गा खजुम, सहसचिब महेशलाल राजबंशी, कोषाध्यक्ष निर्मला आङदेम्बे र गाउँ कमिटीका २० जना सदस्यहरु समेत रहेको जनाइएको छ । त्यसैगरी अन्य १३८ जना पार्टीका साधारण सदस्यहरु समेत गरी जम्मा १६३ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।








Comments