दमकेलीलाई फिर्ता ल्याउन २० वटा बस काठमाण्डौं पठाइयो



१५ बैशाख, दमक।
भूकम्पका कारण काठमाण्डौमा अलपत्र रहेका दमकेलीलाई उद्दार गरी ल्याउन आज नै २० वटा यात्रुवाहक बस दमक नगरपालिकाले पठाएको छ । नगरपालिका तथा स्थानीय संघसंस्थाहरुको सर्वपक्षीय वैठकले काठमाण्डौमा बस्दै आएका दमकेलीहरूलाई उद्दारका गरी ल्याउन ती वसहरु त्यसतर्फ पठाइएको नगरपालिकाका कार्यकारी अधिकृत दाहालले बताए। भोलि नै बसमार्फत अलपत्र भएकाहरुलाई दमकतर्फ ल्याउने बताइएको छ ।


यस्तै, राजधानीका भूकम्प पिडित परिवारहरुलाई राहत उपलब्ध गराउन यहाँका विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा संकलन गरेको पानी, चाउचाउ, चिउरा लगायतका खाद्य राहत सामाग्रीहरुसमेत पठाइएको दमक प्राकृतिक प्रकोप राहत कोषका संयोजक लीला गुरागाईंले बताए।





Comments