मोरङ क्षेत्र नं. ९ मा एमालेले राहत संकलन गर्दै



१४ बैशाख,उर्लाबारी।
भूकम्पबाट पिडीत भएकाहरुलाई सहयोग पुर्‍याउन मोरङको उर्लाबारीमा रकम संकलन गर्न थालिएको छ ।
नेकपा एमाले क्षेत्र नम्बर ९ मोरङले उर्लाबारी लेटाङ र मधुमल्लामा अहिले सहयोग संकलन गरिरहेको छ । क्षेत्र नम्बर ९ का प्रमुख यी तीन बजारमा एकैसाथ रकम संकलन गरिरहेको पार्टी क्षेत्रीय अध्यक्ष गंगा बास्तोलाले जानकारी दिए।

सहयोग संकलनका साथै भूकम्पसम्बन्धी जनचेतना समेत जगाउने कामसमेत भएको अध्यक्ष बाँस्तोलाले बताए ।

तस्वीर - तेजन खड्का





Comments