दानवीर श्रेष्ठ परिवार




तेजन खड्का
उर्लाबारी।
भनिन्छ धन हुनेको मन हुँदैन । समाजमा धन पनि भएका मन पनि भएका विरलै पाइन्छन् । यद्यपि, मोरङ राजघाट-१ निवासी निवासी मिनकुमार श्रेष्ठको परिवारमा धन र मन दुवै भएको पाइन्छ। अर्थात् मनकारी छ यो श्रेष्ठ परिवार।
मिनकुमार र उनको परिवारले आमा मनमायाको स्मृतिमा अतुलनिय योगदान पुर्याएका छन् समाजमा, जसको स्थानीय वासिन्दा खुलेरै प्रशंसा गर्छन् । मिनकुमार र उनकी श्रीमती लेखमाया छोरा मनोज र छोरी अन्जुका साथ अठियावारीमा बस्छन् ।
श्रेष्ठ परिवारले स्थानीय अठियावारी वालकेन्द्र भवन निर्माणका लागि डेढ कठ्ठा जग्गा प्रदान गरेको छ । जसको हालको मुल्य ६ लाख रुपैयाँ रहेको छ ।




१ लाख ६० हजार रूपैयाँको लागतमा २०६७ सालमा श्री लक्ष्मी माविको पक्की गेट निर्माण र पुरानो पक्की चौतारो मर्मत सम्भार गरिदिएका छन् उनीहरूले। यतिमात्र होइन, उनीहरूले स्थानीय नागेश्वर शिवालय मन्दिरको स्तरोन्नतीका लागि ५० हजार रुपैयान् सहयोग गरेका छन् । आमाको स्मृतिमा सकेको सहयोग गरेको मिनकुमारले बताए । 'स्वइच्छाले सकेको सहयोग गर्नेछु', श्रेष्ठले भने, 'आमाको नामलाई अमर तुल्याउन सहयोग गरेको हुँ ।'


बालकेन्द्रको जग्गामा राजघाट गाविसबाट २ लाख २३ हजार सभासद पर्तमान धिमाल २ लाख र जिल्ला विकासबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भई वालकेन्द्रको भवन निर्माण कार्य भइरहेको वालकेन्द्रका अध्यक्ष बलबहादुर धिमालले जानकारी दिए । 'जग्गाको समस्या थियो, उहाँ (श्रेष्ठपरिवार)ले प्रदान गरेर बालकेन्द्रमा वालबालिकाले ज्ञानको ज्योती लिन पाउने भए', धिमालले भने, 'जग्गा अभावमा भवन निर्माणको काम सुरसार हुन सकेको थिएन ।' अहिले वालविकासको भवन निर्माण कार्य भइरहेको छ । मिनकुमारका वाबुआमा स्थानीय स्तरमा 'माजन' 'माजनी' का रुप परिचित थिए । आमा मनमायाको जन्म १९८३ साल जेष्ठ १९ गते र २०६६ फाल्गुन ५ गते निधन भएको थियो ।
नेकपा एमाले राजघाटका अध्यक्ष कुलबहादुर कार्कीले श्रेष्ठ परिवारले समाजमा ठुलो योगदान गरेको बताए । गाउँमा सवैले उनीहरुलाई दानविर परिवार भनेर चिन्ने गरेका छन् । श्रेष्ठ परिवारले गाउँका बाटोघाटो, मठमन्दिर, विद्यालय
लगायतलाई सहयोग गर्दै आएको छ । उनीहरु खेती किसानी गर्छन् ।

तस्बिरमा - मिनकुमार, विद्यालयको गेट / निर्माण हुदै गरेको वालकेन्द्रको भवन।


Comments