सडक दुर्घटनामा दुई घाइते



२३ चैत, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक १० मा आज विहान भएको सडक दुर्घटनामा दुईजना घाइते भएका छन् ।
बिहान ८ वजेतिर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भएको सो दुर्घटनामा सोही वडाका पैदलयात्री ७० बर्षीय तुलसी बिष्ट र मोटरसाइकल चालक इटहरी १ बस्ने बिष्णु आचार्य घाइते भएका हुन् ।

घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।






Comments