लाइफलाइनका विद्यार्थीले गरे चेतनामूलक कार्यक्रम



डिकेश लामा,
२० चैत, बेलडाँगी।
झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ्ग प्रथम बर्षमा अध्ययन गर्ने ४० जना विधार्थीको समूहले शुक्रबार दमकको वडा नं. ५ मा विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न चारवटा समूहमा विभाजन भएका समूहले खानेपानी, शौचालय, सार्वजनिक स्थल संरक्षण र मादक पदार्थ दुर्व्यसन जस्ता विषयमा अध्ययन तथा जनचेतना कार्यक्रम सम्पन्न गरेका हुन् ।


विद्यार्थीहरूको सो समूहले ५ हप्तासम्म गरेको अध्ययनले ग्रामिण क्षेत्रमा धेरै कुरा सुधार गर्नु पर्ने निष्कर्ष निकालेको छ ।
स्थानीय टोल विकास सञ्जालका सचिव हिमदल भण्डारीको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका प्रिन्सिपल भिमबहादुर सुव्बाको सभापतित्वमा भएको कार्यक्रममा महिला हिंसा र मादक पदार्थको प्रयोगबाट हुने असरबारे नाटक प्रदर्शन गरिएको कार्यक्रमका संयोजक जिता श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक जंगबहादुर भट्टराई, युवा संघ नेपाल दमक नगर कमिटी अध्यक्ष नविन बराल, संचारकर्मी डिकेश लामा, स्थानीय दिलबहादुर राई, टिकाराम राई लगायतले मन्तव्य राखेका थिए।


Comments