भूकम्प पिडीतलाई यूएनएचसीआरको सहयोग

-->

१४ बैशाख, दमक।
शनिवार आएको बिनासकारी महाभूकम्पबाट पिडीत भएकाहरुको सहायताका लागि शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले राहत सामग्री पठाउने भएको छ।
उच्चायोगले भूकम्पबाट क्षतिग्रस्त पहाडी जिल्लाहरु ओखलढुंगा र रामेछापमा आज अपरान्ह आपतकालिन सहायतास्वरुप ११ हजार थान त्रिपाल र चारहजार थान सौर्य बत्ती सेट पठाएको छ । उच्चायोगको दमकस्थित उपशाखा कार्यालयले आज एक विज्ञप्ती जारी गरी सो जानकारी दिएको हो ।

सरकारी अधिकारीहरुसँग समन्वय गरी ती सामग्रीहरु क्षतिग्रस्त इलाकामा लगिने आयोगका सुचना अधिकारी दिप उप्रेतीले बताए।
-->

Comments