'रोड प्रोटेक्टर' भत्काइएको प्रति युवा समाजको आपत्ती



८ वैशाख, उर्लाबारी।
उर्लाबारी-६ मंगलबारे चोकमा सडक विभागले निर्माण गरेको रोड प्रोटेक्टर केहीदिन अघि स्थानीय व्यक्तिहरुले आफूखुसी स्काभेटर प्रयोग गरी भत्काइएकोप्रति मंगलबारे युवा समाजले विरोध गरेको छ । मंगलबार युवा समाजले एक विज्ञाप्ति जारी गरी त्यसको विरोध गरेको हो ।



मंगलबारे युवा समाजका अध्यक्ष, उपाध्यक्ष र सचिव क्रमशः सञ्जिब बुढाथोकी, रोहित कार्की र भीष्म बुढाथोकीको संयुक्त हस्ताक्षर गरी जारी गरिएको विज्ञाप्तिमा भनिएको छ, 'पैदल यात्रीहरुलाई बाटो क्रस गर्न सजिलो तथा गाडीको गति कम गर्नका लागि सडक विभागले निर्माण गरेको रोड प्रोटेक्टर बलजफ्ती रुपमा अव्यवस्थित तरीकाले सम्बन्धित निकाय, स्थानीयवासी, सडक विभाग, स्थानीय क्लब तथा प्रशासनसँग सहकार्य नगरी गैरकानूनी कार्य ढंगले भत्काइएको पाइएको छ ।'
रोड प्रोटेक्टर भत्काउदा मंगलबारे युवा समाजको नाम सुनियोजित ढंगले जोडिएको र यस विषयमा मंगलबारे युवा समाजको ध्यानाकर्षण भएको छ । यो कार्यमा क्लबका कुनैपनि सदस्यहरुको संलग्नता नभएको क्लबले बताएको छ ।



Comments