अनेमसंघ दमक-१६ द्वारा आमाहरु सम्मानित



२८ चैत, दमक।
अखिल नेपाल महिला संघ झापा दमकको वडा नम्बर १६ ले शनिबार वडाका आमाहरुलाई सम्मान गरेको छ ।
स्थानीय दुर्गा मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा अनेमसंघ वडा कमिटीले वडाका ३६ जना आमाहरुलाई सम्मान तथा फलफूल वितरण गरेको हो । एमाले वडा कमिटीसँग मिलेर अनेमसंघ वडा कमितिले कार्यक्रमको आयोजना गरेको थियो ।



कार्यक्रममा ७० बर्ष माथिका दिव्यश्वरा सिटौला, राममाया उप्रेती, तुलसादेवी सिटौला, धनमाया गुरुङ्ग, नेपीमाया धिमाल लगायतका बृद्धालाई कार्यक्रमका प्रमुख अतिथि अनेमसंघ केन्द्रिय सचिव मेनुका काफ्लेले सम्मान प्रदान गरेकी हुन् । सोही अवसरमा आउँदै गरेको नवबर्ष२०७२ सालको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा इन्द्रबहादुर बुढाथोकी, भेषराज ढकाल, अम्बिका सिटौला लगायतले मुलुकमा अहिले बढेको महिला हिँसा, बलात्कार तथा महिला अधिकारका बारेमा बोलेका थिए । कार्यक्रममा महिलाहरुले नाचगान समेत गरेका थिए । अनेमसंघ वडा कमिटी अध्यक्ष कमला भट्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


Comments