२७ चैत, दमक।
१४ बर्ष अघिदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्ने झापा दमक १३ का पदम श्रेष्ठ हुन् ।
२०५७ साल कार्तिक २० गते झापा जिल्ला अदालत झापाले कैद तथा जरिवाना तोके पनि फरार रहेका श्रेष्ठलाई प्रहरीले आज विहान ९ बजेतिर दमक १३ बाट पक्राउ गरेको हो ।
छाप दस्तखत किर्ते मुद्दामा सजाय तोकिएका श्रेष्ठलाई आजै जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले थुनामा राख्ने आदेश दिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी सहायक निरीक्षक उद्धव खड्काले जानकारी दिए।
Comments
Post a Comment