करेन्ट लागेर एक महिलाको मृत्यु




६ बैशाख, सुनसरी।
सुनसरीको इटहरीमा आज दिउँसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
पानी तान्ने मोटरबाट विद्युत सर्ट भई करेन्ट लागेर इटहरी ४ की २६ बर्षिया कमला कटवालको मृत्यु भएको हो।
करेन्ट लागी गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।



Comments