डकैत समूहको आक्रमणमा पूर्व प्रहरी हवल्दारको मृत्यु



३० चैत, दमक।
डाकाहरूको समूहको आक्रमणमा परी झापाको पृथ्वीनगरमा एकजना पूर्व प्रहरी हवल्दारको ज्यान गएको छ।
गएराति पौने एक बजेतिर करिव २ दर्जनको संख्यामा आएको डाका समूहले गोली प्रहार गर्दा नेपाल प्रहरीका पूर्व हवल्दार पृथ्वीनगर ८ का ५० वर्षीय देवकुमार श्रेष्ठको ज्यान गएको हो ।

डाका समूहले श्रेष्ठको घरमा प्रवेश गरी उनलाई गोली हानेर लुटपाट गरेको थियो। डाका समूहले पिडीत परिवारका अन्य सदस्यमाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ।
किराना पसल चलाउँदै आएका श्रेष्ठको घरबाट सो डकैत समूहले १ लाख ८० हजार रूपैयाँ नगद र १० तोला सुन लुटेको छ।


डाका समूहले गाउँमा हवाइ फायर र बमसमेत विष्फोट गराएपछि गाउँमा आतंक छाएको छ। प्रहरीले घटनामा संलग्न भएको शंकामा केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




Comments