राहत लिएर गयो काभ्रे उर्लाबारी जेसीज, अझै संकलन हुँदै




तेजन खड्का
२७ बैशाख, उर्लाबारी ।
शनिवार गएको विनासकारी भुकम्पमा परी विस्थापित भएका परिवारलाई राहतका लागि उर्लाबारी जेसिजले त्रिपाल लिएर काभ्रे गएको छ ।
१ सय ५० थान त्रिपाल लिएर उर्लाबारी जेसिज काभ्रे गएको हो । उर्लाबारीबाट जेसिजका अध्यक्ष बिनोद न्यौपानेसहित तारामान सेरेङ, मिलन गौतम, सीताराम ओझा, यादव भण्डारी र घनश्याम भण्डारीको टोली काभ्रे गएको हो ।
काभ्रे पुगेर भूकम्पबाट बिस्तापित भएकाहरुलाई त्रिपाल हस्तान्तरण गरिने जनाइएको छ ।
जेसिजमा आवद्ध भएकाहरुसँग उर्लाबारी जेसिजले रकम संकलन गरेको थियो । १ लाख २९ हजार ३ सय ८० रुपैयाँ संकलन भएको र उक्त रकमबाट त्रिपाल खरिद गरिएको उर्लाबारी जेसिजका अध्यक्ष न्यौपानेले जानकारी दिए।


यसैबीच उर्लाबारीमा उर्लाबारी रेडक्रसको संयोजनमा गठित दैविक प्रकोप उद्धार तथा राहत सञ्चालन समितिले राहत संकलनलाई तिब्रता दिएको छ । उर्लाबारी बजारभित्रबाट ५ लाख २७ हजार ६ सय २२ रुपैयाँ संकलन भएको अभियानका संयोजक मदनबाबु प्रसाईंले जानकारी दिए।
उनले भूकम्पबाट सबैभन्दा वढि बिस्थापित भएको ठाउँको पहिचान गरी राहत समाग्री लिएर जाने बताए। उनका अनुसार अव दुई चारदिन राहत संकलन कार्यक्रम जारी रहनेछ । उनले उर्लाबारीको बिभिन्न ठाउँमा राहत संकलन गर्न बाँकी नै रहेको जानकारी दिए।
यसैबीच राहत संकलन समितिले देशविदेशमा रहनुभएका सम्पूर्णलाई सकेको सहयोग गर्न समेत आग्रह गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको दैविक प्रकोप उद्धार तथा राहत कोषको खाता नम्बर २६००००८०९०१ मा रकम पठाउन आग्रह गरेको हो ।



Comments