सुविधाको दुरूपयोग गरेको गुगलमाथि इयुको आरोप




युरोपेली संघ इयूले, गुगलले इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको आरोप लगाएको छ । ब्रसेल्समा इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेटा भेस्टागेरले गुगल कम्पनीले आफ्नो सूचना खोज्ने ठाउँमा निश्चित वस्तु तथा सेवालाई प्राथमिकता दिएको आरोप लगाएकी छिन्। उनले यस्ता कम्पनीले सेवाग्राहीलाई प्रभावित गर्ने कोसिस गरिरहेको बताएको बिबिसीले जनाएको छ ।



गुगल कम्पनीले यो आरोपको खण्डन गरेको छ र उसले आफ्नो कुरा राख्ने बताएको छ । गुगललाई यसको जवाफ दिन दश हप्ताको समय दिइएको खबरमा उल्लेख छ । आरोप पुष्टि भए कम्पनीले करोडौं डलर हर्जानाको रुपमा तिर्नुपर्ने हुन्छ । गुगललाई त्यसरी औपचारिक अभियोग अघि बढाउने क्रममा इयुले आफूले युरोपका पचास करोड जनताको हितको रक्षा गर्न त्यस्तो कदम चालेको बताएको छ ।
गुगलको सर्च इन्जीनले यूरोपबाट इन्टरनेटमा गरिने सबै सूचना, जानकारी लगायतका सेवाहरुको खोजीमध्ये नब्बे प्रतिशत ओगट्ने गर्छ ।

- एजेन्सी



Comments