भूकम्पबाट मोरङमा दुईको मृत्यु, १२ घाइते




१३ बैशाख, मोरङ।
आज दिउँसो गएको भूकम्पमा परी मोरङमा दुई जनाको मृत्यु भएको छ । आज आइतबार दिउँसो १ बजेतिर गएको भूकम्पमा भाग्ने क्रममा लडेर मोरङको सुन्दर-दुलारी नगरपालिका र भातिगछ गाविसमा एक-एक जनाको मृत्यु भएको हो ।
भूकम्प आउँदा सुन्दर-दुलारी नगरपालिका-१ की ५४ बर्षिया छायादेवी श्रेष्ठ बेहोस भएर लडेका थिइन् । गम्भीर अवस्थाकी उनलाई उपचारका लागि धरानतिर लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



त्यस्तै आज नै भूकम्प जाँदा भाग्ने क्रममा लडेर भातिगछ-९ का १२ बषिर्य अजय ऋषिदेवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार आजको भूकम्पमा परी मोरङमा १२ जना घाइते भएका छन् ।





Comments