यायोक्खा दमक १ प्रारम्भीक समिति गठन




११ बैशाख, दमक।
किरात राई यायोक्खा १ नम्बर वडा प्रारम्भीक समिति दमक शुक्रवार गठन भएको छ ।
यायोक्खाका झापा जिल्ला सदस्य नगेन्द्र राईको प्रमुख आतिथ्यतामा सर्वसहमत गठन भएको समितिको अध्यक्षमा राजकर्ण साङपाङ राई, उपाध्यक्षमा नरजित एवई, सचिवमा कुमार राना साङपाङ, कोषाध्यक्षमा गंगाबहादुर शिवहाङ राई छन् । त्यसैगरी सदस्यहरुमा कमला पाराली राई र रुपधन राई रहेकाछन् । प्रथम १ नम्बर वडा भेलाबाट नबगठित समितिलाई आर्थिक कोषका लागि दुईहजार रुपैयाँ समेत संकलन भएको छ । यायोक्खा झापा जिल्ला सदस्य लिलाबहादुर एवई, दमक नगर सचिव धनजित राई, दमक नगर कोषाध्यक्ष महेन्द्र चाम्लिङ, रुपधन राई लगायतले आर्थिक सहयोग गरेका थिए।
भेलाको अवसरमा धिरिनाम (उभौली) साकेला २०७२ को शुभकामना आदन प्रदान समेत भएको थियो । कार्यक्रमको सभापतित्व यायोक्खाका दमक नगर अध्यक्ष बासुदेव राईले गरेका थिए ।




Comments