२८ चैत, दमक।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
कन्काई - ७ स्थित राजमार्गमा शुक्रबार साँझ को १ च ७४१६ नम्बरको महेन्द्रा स्कारपियोले ठक्कर दिएर स्थानीय ४५ बर्षीय मान बहादुर शेर्पाको मृत्यु भएको हो ।
शेर्पालाई बाटो काट्नेक्रममा साँझ साढे ८ बजेतिर पश्चिमबाट जाँदै गरेको स्कारपियोले ठक्कर दिएको थियो । उनको घटनास्थलमानै मृत्यु भएको हो । गाडी र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।
Comments
Post a Comment