दिदीको घरमा श्रीमतीको हत्या



२७ चैत, दमक।
झापाको दमकमा बोल्न नसक्ने एक व्यक्तिले छुरा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
दमक ११ घर भएका भूषण केसीले दमक १० स्थित आफ्नी दिदी सुष्मा थापाको घरमा श्रीमती रिनाको हत्या गरेका हुन् ।
बोल्न नसक्ने भुषणले आज विहान साढे १० बजेतिर आफ्नी श्रीमतीको शरीरका विभिन्न ठाउँमा छुरा प्रहार गरेका थिए। उनलाई उपचारका लागि लाइफलाइन अस्पताल ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
श्रीमतीलाई छुरा प्रहार गरी फरार रहेका भुषणलाई प्रहरीले दिउँसो २ बजेतिर भाग्दै गरेको अवस्थामा दमक १० बाट पक्राउ गरेको थियो।
मृतकको शव पोष्टमर्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको छ।

Comments