गणराज्यको सम्पादकमा विश्वासी



११ चैत, सुनसरी ।
सुनसरीको इटहरीबाट बिगत ७ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आइरहेको गणराज्य नेपाल राष्ट्रिय दैनिकको सम्पादकमा पूर्वेली टाइम्सका सहयोगी तथा पूर्वका क्रियाशिल सञ्चारकर्मी तेज बन विश्वासी नियुक्त भएका छन् । गणराज्य नेपालको गत सोमवार बसेको सल्लाहकारहरुको बिशेष बैठकले बिश्वासीलाई कार्यकारी सम्पादकमा नियुक्ति दिएको हो ।
बिगत ९ वर्षदेखि सुनसरीलाई कर्मथलो बनाई दिगो पत्रकारीता गर्दै आएका बिश्वासीलाई उनले गरेको पत्रकारीता प्रतिको सम्मान ब्यक्त गर्दै गणराज्य प्रकाशन समुहले सो पदमा नियुक्ती दिएको हो ।



Comments