दुई बलत्कारी वृद्ध पक्राउ



१६ चैत, दमक।
बालिका बलात्कारको आरोपमा झापाको तोपगाछी र जुरोपानीका दुई वृद्धहरू पक्राउ परेका छन् ।
स्थानीय ११ बर्षीया बालिकालाई लामो समयदेखि करणी गरेको आरोपमा तोपगाछी ७ का ६८ वर्षीय मानबहादुर बुढाथोकी पक्राउ परेका हुन् ।
गएको भदौदेखि नै पीडित बालिकालाई पैसा दिँदै त्यस्तो कुकार्य गरेको आरोपमा बुढाथोकी पक्राउ परेका हुन् ।
उनलाई स्थानीयबासीले पछिल्लो पटक केही दिनअघि करणी गर्न खोजिरहेको देखेपछि समातेर प्रहरीमा बुझाएको इलाका प्रहरी कार्यालय दमकका प्रवक्ता प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिए । आरोपित बुढाथोकीविरुद्ध जवरजस्ती बालिका करणीको मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट म्याद थपको आदेशसमेत लिएर थप अनुसन्धान अघि बढाइएको सिलवालले बताए ।



यसतै ११ बर्षकै बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जुरोपानी ३, बैरातीका ६२ बर्षिय टंक बहादुर राई पक्राउ परेका हुन् ।
हिजो दिउँसो करिब २ बजेतिर आरोपि राईले बालिकालाई ललाईफकाई आफ्नो घरमा लगेर बलात्कारको प्रयास गर्दा बालिकाले रोइ चिच्याई गुहार माग्दा गाउँले थाहा पाएर राईलाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए।
बुबा र आमा दुवै नभएकी ती बालिकालाई स्थानीय एक छिमेकीले पालनपोषण गर्दै आइरहेका छन् ।
राईलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौरिगंजका प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए ।






Comments