तालतलैयामा अजिङ्गर फेला




११ चैत, सुनसरी।
सुनसरीको इटहरी ३ स्थित तालतलैया जंगलमा आज अजिङ्गर फेला परेको छ।
जंगलमा घाँस दाउरा गर्न गएका बेला स्थानीयबासीले करिब ८-९ फिट लामो जिबित अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा खटिएको प्रहरी टोलीले इलाका वन कार्यालय तरहरासँग समन्बय गरी सो अजिङ्गरलाई तालतलैया संरक्षण केन्द्रमा बुझाइएको प्रहरी चौकी तरहराले जनाएको छ।




Comments