सम्पर्क मञ्चले ताप्लेजुङमा ५० हजार रूपैयाँ राहत पठाउने

-->

१५ चैत, दमक।
ताप्लेजुङ-दमक समपर्क मञ्चले ताप्लेजुङका अग्निपीडितहरुका लागि एकमुष्ट नगद पचास हजार रुपैयाँ राहत रकम संकलन गरेको छ । तीन दिनअघि मात्रै भिम पौडेलको संयोजकत्वमा बनेको मञ्चको तदर्थ समितिमा ताप्लेजुङ पुर्ख्र्यौली घर भइ हाल दमकमा बस्दै आएका व्यापारी, व्यवसायी, तथा विभिन्न पेशामा आवद्धहरुले सो रकम जम्मा गरेका हुन् । प्राप्त सहयोग रकम चैत १७ गते दमकबाट ताप्लेजुङ लगेर त्यहाँस्थित राहत वितरण तथा व्यवस्थापन समितिमार्फत पिडीतहरुलाई प्रदान गरिने जनाइएको छ ।

-->
सम्पर्क मञ्चको आज बिहान बसेको बैठकले राहत प्रदानका लागि संयोजक पौडेललाई जिम्मेवारी दिनेसहित विभिन्न निर्णय गरेको छ । बैठकले सम्पर्क मञ्चलाई कानुनी बैधता दिलाउन आवश्यक विधान मस्यौदा समिति गठन गरेको छ । समितिको संयोजकमा धनपति बराल र सदस्यहरुमा मोहन बगाले र विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय भएको तदर्थ समितिका सहसंयोजक टेकबहादुर थापाले जानकारी दिए ।
बैठकले नयाँ बर्ष २०७२ को अवसर पारेर बैशाख ३ गते ताप्लेजुङ घर भइ हाल दमकमा बसोबास गर्दै आएकाहरुका बिच शुभकामना आदनप्रदान कार्यक्रम सहितपरिचयात्मक र भेटघाट
कार्यक्रम समेत तय गरेको छ । सम्पर्क मञ्चको विस्तार र व्यवस्थापन गर्न टोल टोलमा प्रतिनिधीहरु खटेर संगठित गरिने जनाइएको छ ।


-->


Comments