राष्ट्र निर्माणको बार्षिकोत्सवमा बृहत प्रदर्शनी


२७ फागुन, उर्लाबारी।
प्याब्सन मोरङका सल्लाकार एवं सप्तकोशी उच्च माविका प्रिन्सिपल लेखनाथ भट्टराईले निजी स्कुल प्रतिको आकर्षण बढ्दै गएको बताएका छन् ।
बुधवार इटहरा-१ स्थित राष्ट्रिय निर्माण सेकेण्डरी बोर्डिङ स्कुलको वार्षिकोत्सवमा आयोजित 'राष्ट्र निर्माण बृहत प्रदर्शनी'मा बोल्दै उनले सो कुरा बताएका हुन्।
राज्यले शिक्षाका नाममा करोडौं रुपैया खर्च गरेपनि त्यो लगानी बालुवामा पानी खन्याएसरह भएको उल्लेख गर्दै भट्टराईले निजी विद्यालयलाई अझै व्यवस्थित गर्न लगानी बढाउनु पर्नेमा जोड दिए। सरकारी विद्यालयसरह निजी विद्यालयले पनि ठुलो संख्यामा रोजगारी श्रृजना गरिरहेको बताउँदै उनले राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न सके देशका शैक्षिक समस्याहरु घट्दै जाने तर्क राखे। निजी र सरकारी विद्यालयबीच कुनै प्रतिस्पर्धा नरहेको बताउँदै सरकारी विद्यालयमा भएको राजनीतिक हस्तक्षेपलाई वन्द गर्न सके सरकारी विद्यालयको पनि शैक्षिक स्तर बृद्धि हुने उनले बताए।


विद्यालयका प्रिन्सlपल विश्वास ढकालको सभापतित्वमा भएको बृहत प्रदर्शनीको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक भोला गौतमले समेत बोलेका थिए ।
विद्यार्थीहरुले आयोजना गरेको बृहत विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, विभिन्न परिकारको पाक शिक्षा प्रदर्शनी र विविध साँस्कृतिक कार्यक्रमसहित भएको समारोहमा प्याब्सन मोरङका सदस्यहरु नोबलकिशोर खनाल र सुनlल पौडेल पनि आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रिन्सिपल ढकालले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले बृहत प्रदर्शनीको आयोजना गरिएको जानकारी दिए । उनले भने, 'अभिभावकहरुले नानीहरुको सुन्दर भविष्यको लागि गरेको लगानी फलदायी बनाउने राष्ट्रनिर्माणको जिम्मेवारी हो ।' सोही जिम्मेवारी पुरा गर्न हरेक बर्षयस खालका कार्यक्रमहरु आयोजना हुने गरेको ढकालले बताए ।



Comments