चिरानी काठ बरामद




डिकेश लामा,
२१ फागुन, बेलडाँगी।
झापाको दमक ६ स्थित टुकुरेमा बसोवास गर्ने प्रकाश खत्रीको घरबाट बुधबार साँझ विभिन्न नाप साइजका २५ थान चिरानी काठ बरामद गरिएको छ ।
सशस्त्र प्रहरी, हंसेदुम्से सामुदायिक वन र इलाका वन कार्यालय वेलडाँगीको संयुक्त गस्ती टोलीले सुराकीको आधारमा साखु जातको चिरानी काठ वरामद गरेको सशस्त्र प्रहरी निरीक्षक रमेशप्रसाद पाण्डेले जानकारी दिए । बरामद काठ अधिकाँश हंसेदुम्से सामुदायिक बनको भएको हुन सक्ने गस्ती टोलीमा संलग्न हंसेदुम्से सामुदायिक वनका सहायक सचिव सोमनाथ ढुङ्गानाले बताए । बरामद करिव ३५ क्यू फिट चिरानी काठ हंसे दुम्से सामुदायिक बन कार्यलयमा राखिएको छ ।



इलाम तथा झापाका विभिन्न क्षेत्रबाट हुने काठ तस्करी कार्य लामो समयदेखि रोक्न खोजे पनि प्रहरी प्रशासन र सरोकारवाला बन सुरक्षा निकायहरु असफल नै भएको उपभोक्ताहरु बताउँछन् ।
जंगलमै तस्करी नरोकसम्म यस्तो कार्य कहिल्यै बन्द नहुने उपभोक्ताहरुको दावी छ ।



Comments