एफजेडको टेष्ट राइडले दियो ३२ इन्चको एलइडी टिभी



१२ चैत, बिर्तामोड।
यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटीको आधिकारिक विक्रेता सयपत्री ट्रेड लिङ्क बिर्तामोडले एफ जेड-एस (एफ आई)मोटरसाइकलको टेष्ट राइड उपहार योजनाको नतीजा आज सार्वजनिक गरेको छ ।
४ सय ६८ जनाले सहभागिता जनाएको टेष्ट राइड योजनामा लक्की ड्रमार्फतथ झापा हल्दीबारी-९का सन्तोषकुमार श्रेष्ठ पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले एक कार्यक्रमका बीच लक्की ड्रमार्फ पुरस्कृत व्यक्तिको छनौट गरी सार्वजनिक गरेका थिए ।


१४९ सीसीको एफजेड-एस (एफ आई) मोटरसाइकल झापामा लञ्चिङका अवसरमा गत माघ २७ गते सयपत्री ट्रेड लिङ्कले टेष्ट राइड गराएको थियो ।
पुरस्कृत श्रेष्ठले ३२ इञ्चको एलइडी टीभी पाएका छन् ।
उक्त कार्यक्रममा सयपत्री ट्रेडलिङकका सञ्चालक विनोद बस्नेत, विशाल बस्नेत, मेनेजर रोशनराज पोखरेल तथा ग्राहकको उपस्थित थियो ।






Comments