क्षेत्र नम्बर ६ मा चक्रपथ बन्ने



२७ फागुन, दमक।
झापाको क्षेत्रनम्बर ६ भरी जोडिने चक्रपथ निर्माण हुने भएको छ । क्षेत्रका बैगुन्धुरा, जुरोपानी, खजुरगाछी, कोहबरा, महारानीझोडा, गौरीगञ्ज हुँदै गौरादहसम्म करिव २७ किलोमटर चक्रपथ सडक निर्माण हुने भएको हो ।
सभाषद दिपक कार्कीमार्फत आउने क्षेत्र बिकासका लागि ५ करोड रुपैयाँ त्यहाँ खर्च गरिने भएको छ। नेकपा एमाले गौरादह गाउँ कमिटीका अध्यक्ष नगेन्द्र भण्डारीले क्षेत्रको बिकासका लागि सभाषदले इच्छाएको योजनाअनुसार सडक डिभिजन कार्यालय दमकबाट सो सडक निर्माण गरिने जानकारी दिए। बिगतमा निर्माण भएको सडकलाई चक्रपथको रुप दिएर त्यसमा स्तरउन्नति र कालोपत्रेको काम अगाडी बढाइने भण्डारीले बताए ।


चक्रपथ निर्माण भएसँगै त्यस क्षेत्रको बिकास द्रुतगतिमा हुने सभाषद कार्कीले बताए।
गौरादह बजार पूर्वमा २ करोड र पश्चिममा ३ करोड रुपैयाँ खर्च हुने योजना छ ।




Comments