अनेमसंघ दमक अध्यक्षमा यमुना




२५ फागुन, दमक ।
नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ दमकको अध्यक्षमा यमुना गौतम पोखरेल सर्वसम्मत अध्यक्ष चयन भएकी छिन्।
आइतवार संघको नगर कमिटीको दशौं अधिवेशनले उपाध्यक्षमा गीता अधिकारी, सचिवमा लक्ष्मीमाया चौहान, कार्यालय सचिवमा रमा पोखरेल र कोषाध्यक्षमा हेमकुमारी कोइरालालाई चयन गरेको छ।


यसैगरी सदस्यहरुमा बिष्णुमाया धिमाल, प्रतिमा रम्तेल, सरिता दाहाल, सुशिला न्यौपाने, अम्विका अधिकारी, बिमला लुइँटेल, कमला अधिकारी, सीता कार्की र हिमा दाहाल, दुर्गा खड्का, निर्मला अधिकारी, धनकुमारी दाहाल, तनकुमारी दाहाल, सीता वराल, यशोदा निरौला चन्द्रकला खड्का, भद्रिका आचार्य, पवित्रा न्यौपाने, सीता काफ्ले लगायतका २७ सदस्यीय समिति चयन गरिएको जिल्ला सदस्य लिला ढुङगेल दाहालले जानकारी दिएकी छिन् ।



Comments