मजदुरले ओढाए दुई पत्रकारलाई दोसल्ला



२ चैत, दमक।
यातायात मजदुर नेताहरुले सरकारी बिभेदकारी नीतिका कारण मजदुरहरू समस्यामा परेको गुनासो गरेका छन् । उनीहरुले राज्यले हचुवाका भरमा नीति नियम ल्याएर मजदुरहरुलाई दुःख दिने गरेको आरोप लगाएका छन् ।
आज झापाको दमकमा नेपाल यातायत स्वतन्त्र मजदुर संगठन दमक इकाईले गरेको कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष राजीव घिमिरेले राज्यले ल्याएको चाकल नीति अव्यवहारिक र अस्पष्ट भएको बताए। उनले सरोकारवालाहरुसँग छलफल नगरी ल्याइएको नीतिले मजदुरहरुलाई हित नगर्ने बताए।
घिमिरेलेले श्रमिक आयोग गठन गरी शिप र कानुनी जानकारी मजदुरहरुलाई दिनुपर्ने बताए। संगठनका केन्द्रीय उपाध्यक्ष भगिरथ भट्टराईले राज्यले मजदुरहरुलाई शिपको परीक्षण गरी योग्यताको मापन गरिनुपर्नेमा जोड दिए।


संगठनकी केन्द्रीय सचिव बिमला बिक, संगठनका मेची अञ्चल अध्यक्ष हस्त राई, जिफन्टका मेची अञ्चल अध्यक्ष सन्तकुमार राईले व्यवहारिक अस्पष्टताका कारण नीति अपूर्ण भएको बताए। २०४८ सालको श्रम ऐन परिमार्जन गरिनुपर्नेमा वक्तारहरूको जोड थियो।
संगठनका इकाई अध्यक्ष मदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मजदुहरुको समाचारलाई उच्च प्राथमिकता दिएको भन्दै सप्तरंगी एफएम र पिपुल्स टाइम्स दैनिक दमकका सम्वाददाता मनकुमार गदाल र पूर्व सन्देश दैनिकका संवाददाता बिष्णु पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यसैगरी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगा भण्डारी, कुशल चालक बुधन चौधरीलाई समेत प्रमुख अतिथि घिमिरेले सम्मान गरेका थिए।



Comments