हराएका व्यवसायी भेटिए




२६ फागुन, दमक।
झापाको सुरुङ्गावाट चार दिनअघि वेपत्ता भएका शिवसतासी-७ दुधेका व्यवसायी रामप्रसाद मैनाली विर्तामोडमा अचेत अवस्था फेला परेका छन् । गएराति करिब ११ बजे विर्तामोडको पश्चिम बस स्टेण्डमा फेला परेका उनका दाजु डम्बर मैनालीले जानकारी दिए । मूर्छित अवस्थामा भेटिएका मैनाली निराश हुँदै तत्काल उद्धार नगरे आफू थप खतरामा पर्ने भन्दै भाइले फोन गरेपछि प्रहरी र उनका साथीहरुले राति नै उद्दार गरेका थिए ।




उद्धार गरिएपछि उपचारका लागि न्युरो अस्पताल विराटनगरमा पुर्‍याइएको छ । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ भने अनुसन्धानका लागि प्रहरीले घटनाको विस्तृत अवस्थाका बारेमा अझै सार्वजनिक गरेको छैन । इलाका प्रहरी कार्यालयले अनुसन्धानका लागि उनका नातेदार भाई विष्णु मैनाली र स्थानीय इन्द्रदेव पाठकलाई नियन्त्रणमा लिएको छ।


Comments