सगरमाथा आरोहणको तयारीमा दलित युवा




२१ फागुन, दमक।
दलित समुदायको तर्फबनाट पहिलोपटक सरमाथा आरोहण तयारी गरिरहेका विजय घिमिरे विश्वकर्माले आफ्नो अभियान सफल बनाउन सवैसँग सहयोगको अपेक्षा गरेका छन्।
नेपालको पर्वताआरोहरणको इतिहासमा पहिलोपटक दलित समुदायको नेतृत्वगर्दै विश्वकै अग्लो शिखर सरमाथा आरोहणका लागि तयारी गरिरहेका विश्कर्माले आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरेका हुन् । शुक्रवार दमकमा पत्रकार सम्मेलन गर्दै विश्वकर्माले सगरमाथा आरोहणका लागि ३६ लाख रुपैयाँ लाग्ने र सो रकम आफुसँग नभएको भन्दै रकम जुटाउन मेची-महाकाली यात्रामा निस्किएको जानकारी गराए।




आर्थिक सहयोग जुटाउने उद्देश्यले मेची महाकाली यात्रामा निस्किने क्रममा हालसम्म ६ लाख रुपैयाँ जम्मा भैसकेको र बाँकी रकम सहयोग गर्न चाहने सवै संघसंस्थाहरुले विश्वकर्माको नाममा रहेको राष्ट्रिय बाणिज्य बैकको खाता नम्बर ११०००२४९०८१० मा रकम जम्मा गर्न सकिने आर्थिक संकलन सहयोग समितिका संयोजक राजन विश्वकर्माले जानकारी दिए ।
सोलुखम्बुको गार्मामा जन्मिएका विजय घिमिरे विश्वकर्माले विगत एक दशकदेखि ट्रेकिङ व्यवसाय गर्दै आएका छन् । आफूले हालसम्म ६ हजार मिटरभन्दा माथिका आधा दर्जन हिमालहरु आरोहण गरिसकेको विजयले बताएका छन् । नेपाली राष्ट्रियाताको पहिचान दौरा सुरुवाल, खुकुरी र नेपाली टोपीसहित सरमाथा चुचुरो चुम्दै नेपालीको शिरलाई अझ उचो बनाउने लक्ष्य र उद्देश्य रहेको उनले बताए। आफुले शुरु गरेको सो अभियानका लागि सरकारसँग सहयोगको आग्रह गरिरँहदा आश्वासनमात्र पाएकाले चुनौतिका रुपमा मेचीकाली घरदैलो अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।
आगामी बैशाख महिनाभित्र सरमाथा चढ्ने तयारी गरिरहेका विश्वकर्मा हाइअल्टिच्यूट ड्रिम माउण्ट एभरेष्टमार्फत शिखर आरोहरण गर्न लागेका हुन् । लामो समयदेखि हिउसँग खेल्दै आएका विश्वकर्माले आफूले हिमाल आरोहण सम्बन्धीका विभिन्न तालिमहरु समेत लिइसकेको बताएका छन् ।




Comments