आत्माराम राजवंशी
२४ फागुन, खजुरगाछी ।
झापाको खजुरगाछीमा १०५ औं अन्तरराष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी आइतवार भव्यताका साथ मनाइएको छ । गाउँ विकास कार्यक्रम खजुरगाछी र सृजनशिल महिला सामुदायिक संस्था खजुरगाछीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा खजुरगाछी गाविसभित्रका ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जनहि १ हजार रूपैयाँ र दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा द्रोपती गन्गाई, सावित्रा राजवंशी, फुलो राजवंशी, मिना थापा, द्रोपत्ती गन्गाई, राधा अधिकारी, पवित्रा अर्जेल, चन्द्रकला ढकाल, सुभद्रा राजवंशी रहेका छन् ।
खजुरगाछी गाविसको प्राङ्गणमा सम्पन्न कार्यक्रममा महिला वेदनाको नाटक, गीत, नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमकी अध्यक्ष फुलवत्ती राजवंशीले प्रमुख अतिथि ९२ वर्षीया गम्भीरमाया नेपालीलाई सम्मान गरेकी थिइन् ।
यसै अवसरमा धनकुमार थापा, गोपाल पौडेल, सीता पोख्रेल, नुना चम्लागाई, गैदार महतो, मदन गिरी, आत्माराम राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन दिक्षा घिमिरेले गरेकी थिइन् ।
त्यस्तै झापाको बिर्तामोडलगायत देशभर विविध कार्यक्रमको आयोजना गरी एक सय पाँचौ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।
महिला हिंसा अन्त्य गरौं पहिचान र संघीयता सहितको महिलामैत्री संविधान निर्माण गरौं लगायतका नारासहित यो दिवस मनाइएको हो ।
दिवसकै अवसरमा झापाको बिर्तामोडमा संयुक्त महिला जनआन्दोलन परिचालन समिति (३० दलीय मोर्चा) ले यो दिवस मनाएको छ । संविधानसभा सदस्य मोहन टुडुको प्रमुख आतिथ्य र लक्ष्मी न्यौपाने सरुको सभापतित्वमा आयोजित कार्यक्रमका बीच दिवस मनाइएको हो । दिवस मनाउनु अघि संयुक्त महिला जनआन्दोलन परिचालन समितिले बिर्तामोडमा र्यालीको आयोजना गरेको थियो । र्यालीपछि आयोजित समारोहमा एकीकृत नेकपा माओवादीका झलकसिंह दर्लामी, संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य धनबहादुर गुरुङ, संघीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय सदस्य विष्णुकुमार भट्टराई जनमुक्ति पार्टी जिल्ला अध्यक्ष पर्शुराम मगर, आदिवासी जनजाति महासंघकी हरिदेवी लावती, राष्ट्रिय मधेशवादी पार्टीकी सुनदेवी शाहलगायतले बोलेका थिए ।
फोरम नेपालकी जिल्ला कोषाध्यक्ष संगीता रौनियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुकमाया लिम्बूले गरेकी थिइन् ।
यसैबीच दिवसकै अवसर पारेर झापाको राजगढमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । गाविस स्तरीय महिला समूहको आयोजनामा भएको कार्यक्रममा ६० वर्षीय रक्तमाया पोखरेल र तीला अधिकारी थापालाई सम्मान गरिएको थियो । महिला अधिकारकर्मी कविता शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको सभापतित्व रवीना ढकालले गरेकी थिइन् । कार्यक्रममा नेपाली कांग्रेसकी लखी गणेश, राजगढ गाविस सचिव तेजप्रसाद रेग्मी, यमकुमारी बराललगायतले बोलेका थिए ।
कार्यक्रममा संगीनी नृत्य, गीत, कविता प्रतियोगितासमेत आयोजना गरिएको थियो । कार्यक्रमअघि राजगढ बजारको परिक्रमा गरिएको थियो ।

Comments
Post a Comment