कियाचुको अध्यक्षमा पुनः थाङ्देन



२६ फागुन, दमक।
किरात याक्थुङ चुम्लुङको नवौं राष्ट्रिय महाधिवेशनले उत्तमसिंह थाङदेनलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । सोमबार ललितपुरस्थित चुम्लुङ हिममा सम्पन्न महाधिवेशनले तीन वार्षमा लागि थाङ्देनको अध्यक्षतामा ३५ सदस्यीय नया केन्द्रिय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
महाधिवेशनले अध्यक्षसहित तीन उपाध्यक्ष, एक महासचिव, चार सचिव, एक कोषाध्यक्ष र २५ सदस्य निर्वाचित गरेको छ । उपाध्यक्षत्रयमा लिलाकुमारी सिङ्गक, चन्द्रमायाय लिम्बू र मलिसा याक्थुम्बा महासचिवमा प्रेमप्रसाद येक्तेन, सचिवमा निरन्ती तुम्बापो, रामप्रसाद चेम्जोङ (यमचन्द्र), नरबहादुर चेम्जोङ र ध्रुवकुमार लिम्बू तथा कोषाध्यक्षमा गोविन्दबहादुर आङ्बुहाङ निर्वाचित भएका छन् ।


त्यस्तै सदस्यहरुमा लिम्बुवानका नौ जिल्लाबाट एक महिला र एक पुरुषसहित १८, उपत्यकाका तीन जिल्लाबाट ६ र चितवनबाट १ गरी २५ जना निर्वाचित गरेको हो । झापाबाट जितबहादुर लावती र राधा सुब्बा, इलामबाट यामप्रसाद लिम्बू र सरस्वति तुम्बाहाम्फे, पाँचथरबाट शारदा आङदेम्बे र चन्द्रकुमार आङदेम्बे, ताप्लेजुङबाट रुद्रकुमार थेबे निर्वाचित भएका छन् । ताप्लेजुङबाट महिला सदस्य पछि पठाउने निर्णय भएको छ ।
त्यस्तै संखुवासभाबाट सुकमाया लिम्बू र मनबहादुर लिम्बू, मोरङबाट नारायणकुमार यक्सो र खिनमाया लिम्बू, तेह्रथुमबाट कमला फोम्बो र हरिप्रसाद चोङबाङ, धनकुटाबाट हेमकुमार आङ्ला र सरस्वती लिम्बू, सुनसरीबाट चन्द्रबहादुर थक्लुङ र मनरुपा लिम्बू र चितवनबाट नरेन्द्रकुमार कन्दङ्वा सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै काठमाडौँबाट कल्पना योङहाङ र भीमप्रसाद योङहाङ (यासेली), ललितपुरबाट विष्णु यक्सो र पवित्रादेवी सुब्बा लङ्वा र भक्तपुरबाट हेम तेम्बे र कमला आङबुङ निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष थाङदेनले नयाँ समितिले लिम्बुवान प्राप्तिको आन्दोलन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिक्रिया दिए । आफूलगायत आफ्नो टिम राजनीतिक अधिकारसहित चुम्लुङले उठाएका मुद्धाहरुमा प्रतिवद्ध रहने बताए ।

'लिम्बुवान जातीय स्वायत्तता हाम्रो प्रतिवद्धता' भन्ने मुल नाराका साथ २३ फागुनबाट महाधिवेसन सुरु भएको थियो । महाधिवेशनमा ताप्लेजुङ, इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, काठमाडौं, भक्तपुर, ललितपुर, चित्तवनसहित प्रवासका मलेसिया, हङकङ, अमेरीका, दक्षिण कोरियालगायतबाट पाँच सय बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहेको थियो ।

तस्विर क्याप्सन - चुम्लुङको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमितिका पदाधिकारी र सदस्यहरु सफथ ग्रहण गर्दै । (तस्वीर - विष्णु सुब्बा)



Comments