एक दर्जन बढी पत्रकारले चौतारी छाडे



१० चैत, उर्लाबारी।
प्रेस चौतारी मोरङका एक दर्जन बढी सदस्यहरुले बिभिन्न असन्तुष्टि जनाउँदै मंगलबार सामुहिक राजिनामा दिएका छन् ।
संगठन भित्रको अस्वस्थ प्रतिस्पर्धा, सम्मान र पुरस्कारमा सिण्डिकेट, आर्थिक अपारदर्शिता, व्यवसायिक पत्रकारको उपेक्षा लगायतका असन्तुष्टि ब्यक्त गर्दै उनीहरुले साधारण सदस्यसमेत नरहने गरी चौतारी छाड्ने निर्णय गरेका हुन् ।
सामुहिक राजिनामा दिनेमा प्रेस चौतारी मोरङका पूर्व जिल्ला उपाध्यक्ष मिलन के.राउत, पूर्व जिल्ला सदस्य घनश्याम भण्डारी, जिल्ला सदस्य सन्तोष राई, सुमन घिमिरे, अग्रज पत्रकार जगन्नाथ भट्टराई छन् । यसैगरी चौतारीको उर्लाबारी नगर कमिटी अध्यक्ष ज्योति शर्मा, सचिव नवराज भट्टराई, नगर सदस्यहरु बिजय धिमाल, इश्वर भट्टराई, मात्रिका पौडेल, गोबिन्द पोख्रेल समेतले राजिनामा दिएका हुन् ।



यस्तै पूर्वी मोरङका सक्रिय पत्रकार तथा चौतारीका साधरण सदस्यहरु मदन दाहाल, पुण्य पि.अधिकारी, यादव बिष्ट, सन्तोष गौतमले समेत असन्तुष्टि ब्यक्त गर्दै राजिनामा दिएका छन् । नेपाल पत्रकार महासंघ मोरङमा चौतारीको नेतृत्व भएपनि आफ्नै संगठनका सहकर्मीलाई अपमानित तुल्याउने, व्यक्तिगत स्वार्थ र स्वेच्छाचारिता प्रदर्शन गर्ने जस्ता नेतृत्वको हर्कतबाट आजित भई उपलब्ध सदस्यहरुले हस्ताक्षरसहित सामुहिक राजिनामा दिएको जिल्ला सदस्य सन्तोष राईले बताए । उनका अनुसार सामुहिक राजिनामा पत्रमा हस्ताक्षर गर्न छुटेका साथीहरुले मौखिक समर्थन जनाइसकेका छन् । प्रेस चौतारीको केन्द्रिय समिति र कोशी अञ्चल इन्चार्जलाई राजिनामा पत्रको बोधार्थ दिइएको पूर्व जिल्ला उपाध्यक्ष मिलन के. राउतले जानकारी दिए।




Comments