रामको याद आउँछ ...

-->

पथरी।
स्लो पप शैलीको गीत गाउन रुचाउने गायक राम बोगटीको 'याद आउँछ तिम्रो ....' बोलको गीतको म्यूजिक भिडियो छायांकन पूरा भएको छ ।
भिडियो मोरङको केराबारी, पथरी र झापा दमकको वन्डरल्याण्ड स्वीमिङ पुल लगायतको स्थानमा छायांकन गरिएको हो । सन्दिप कार्कीको शब्द/संगीत रहेको उक्त गीतमा कलाकारद्वय करण धिताल र साइरेनु सेनले जीवन्त अभिनय गरेका छन् । टिनएजको लभस्टोरीलाई उजागर गरिएको म्यूजिक भिडियो विवेक हिङमाङले छायांकन गरेका हुन् ।

-->



भिडियोलाई सन्तोष राईले निर्देशन गरेका छन् । भिडियो आगामी वैशाखमा प्रिमियर गरिने गायक राम बोगटीले जानकारी गराए ।



-->

Comments