बाँझोमा सामुहिक जेष्ठ नागरिक सम्मान



८ चैत, बेलडाँगी।
इलामको चुलाचुली र साकफारा गाविसका १ सय १४ जना जेष्ठ नागरिकलाई आज बाँझो माविको प्राङ्गणमा सामुहिक सम्मान तथा निःशुल्क स्थास्थ्य परीक्षण गरिएको छ ।
रणधोज स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि सभासद अइन्द्र सुन्दर नेम्बाङ्गले ठूला दलका अगुवा नेताका कारण संविधान बन्न नसकेको बताए।
नेम्बाङ्गले ठूला राजनैतिक दलको हठका कारण सभाषदहरुले संविधान निर्माणमा खेलेको भूमिका खेर गएको समेत उल्लेख गरे।



कार्यक्रममा नेम्बाङ्गले उपस्थित ६५ बर्षमाथिका जेष्ठ नागरिकलाई सामुहिक सम्मान तथा नगद २ सय रूपैयाँ वितरण गरेका थिए।
साकफारा गाविस वडा नं. १ का १ सय १ बर्षिया लक्ष्मी माया बानियालाई सम्मान गरेर उद्घाटन गरिएको कार्यक्रममा बाँझो माविका प्रअ धर्म आचार्य, किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर उपाध्यक्ष देवेन्द्र चेम्जोङ्ग, जनता नेशनल हस्पिटलका अध्यक्ष जितेन राई, स्थानीय सामजिक अगुवा ब्रतकुमार राई, विष्णु रिजाल लगायतले स्थानीय खानेपानी, बाटो, विद्युत र विद्यालयका समस्याहरु सुनवाई गर्न सभाषदलाई माग गरेका छन् ।
कार्यक्रममा जनता नेशनल हस्पिटलले १ सय १४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरेको हस्पिटल संचालन समितिका सचिव सुमन नेम्बाङ्गले बताए।
कार्यक्रम प्रतिष्ठानका संयोजक लाखजित नेम्बाङ्ग सभापतित्वमा भएको थियो ।





Comments