कमिसनको खेलमा नफस्न निजी विद्यालयलाई मञ्चको चेतावनी




३ चैत, बिर्तामोड ।
नयाँ शैक्षिक सत्र शुरु हुन लागेको बेला विभिन्न पब्लिकेशन कम्पनीहरूले कमिशनको प्रलोभन देखाई निजी विद्यालयलाई प्रभावित पार्ने गरी गरिरहेको गतिविधिप्रति राष्ट्रिय उपभोक्ता मञ्च झापाले आपत्ति जनाएको छ ।
मञ्चका अध्यक्ष मदन गोपाल सुब्बाले आज मंगलबार विज्ञप्ति जारी गरी विभिन्न पब्लिकेशनका एजेन्टहरुले कमिशनको प्रलोभन देखाई निजी विद्यालयमार्फत अभिभावकको ढाड सेक्ने गरी महङ्गा मूल्यका पाठ्यपुस्तक लागू गर्ने तयारी गरेकोमा ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता गतिविधि तत्काल बन्द गर्न सचेत गराएका छन् ।



राष्ट्रिय उपभोक्ता मञ्चले गुणस्तरीय र कम मूल्यका पाठ्यपुस्तक आफ्नो बार्षिक पाठ्यक्रममा समावेश गर्न निजी विद्यालयहरुलाई सुझाव दिएको छ ।
अभिभावकको भावना बुझेर शुलभ मूल्यका पाठ्यपुस्तक पाठ्यक्रममा समावेश गर्नुपर्नेमा मञ्चको जोड छ ।
मञ्चका अध्यक्ष सुब्बाले रातारात होटलमा मदिरा पार्टी गराएर पब्लिकेशनका एजेन्टले बाँडेको कमिशनको प्रलोभनमा परी महङ्गा मूल्यको पाठ्यपुस्तक खरिद गर्न अभिभावकलाई बाध्य बनाउने गतिविधि बन्द गर्नुपर्ने भन्दै त्यसप्रति सचेत रहन प्याब्सन, एनप्याब्सन, संस्थागत विद्यालय अभिभावक संघ तथा समस्त अभिभावकलाई आग्रह गरेका छन् ।







Comments