कवि तीर्थको एकल कविता बाचन



२३ फागुन, दूधे।
कवि तीर्थ संगम राईले आज झिलझिलेमा एकल कविता वाचन प्रस्तुत गरेका छन् । वैदेशिक रोजगारीको क्रममा कतारमा एक दशक बढी वर्ष विताइसकेका कवि राईले दोश्रोपटक एकल कविता वाचन कार्यक्रम गरेका हुन् । उनले यसअघि २०१२ मा पहिलो एकल कविता वाचन कतारमा गरेका थिए ।
उनले कार्यक्रममा २० वटा कविता सुनाएका थिए भने अधिकांश कविता वैदेशिक रोजगारीका क्रममा नेपालीहरुले गरेको दुःख र कष्टलाई समेटेर लेखिएका थिए ।
कार्यक्रममा कवि श्रवण मुकारुङले तीर्थ संगम राईको डायस्परिक कविताले सबैको प्रश्नको उत्तर दिएको चर्चा गरेका थिए । उनले भने, 'हामी नेपाली र नेपाली माटोको कविता लेख्छौं तर त्यही नेपाली आज करिव ३५ लाखको संख्यामा खाडी मुलकमा कारमदारको रुपमा गएका छन्, उनीहरुलाई हामीले भुलेता पनि आज कवि राईले न्याय गरेका छन्।' नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका कवि मुकारुङले कवि राईको सृजना भावनात्मकसँगै वास्तविकता भएको उल्लेख गरेका थिए ।



कार्यक्रममा विशिष्ट अतिथिको रुपमा केशव आचार्य, मनु मञ्जिल, कविहरु सुमित्रा बाङ्देल (चेली), विवश बलिभद्र कोइराला, सुन्दर कुरुप, देवान किराँती, सेलिङ के.सी लगायत विभिन्न क्षेत्रका कविहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।
सताक्षी साप्ताहिक पत्रिकाको आयोजना तथा अन्तराष्ट्रिय साहित्य संगम दोहा कतारको सहयोगमा सो कविता वाचन कार्यक्रम सम्पन्न भएको थियो ।
तस्वीर - कवि राई आफ्ना कविता सुनाउँदै



Comments